असोज १, बनेपा। काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, बनेपा। काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएक"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

२०७३, १ आश्विन शनिबार ०९:३३

असोज १, बनेपा। काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ ।

सरकारले विभिन्न अभियुक्तको अभियोग प्रमाणित गर्न साक्षी उपस्थिति तथा खर्च व्यवस्थापनको कार्यक्रम ल्याएपछि उनीहरुलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । 

‘सरकारले साक्षीको सुरक्षासहित आर्थिक खर्च पनि व्यवस्थापन गरेको हुन्छ, त्यसैले हामीले यो काम गरेका हौँ उहाँले भन्नुभयो ।’ आर्थिक वर्ष २०७२ ÷०७३ मा अदालतमा उपस्थित गराइएको साक्षीका लागि रु एक लाख ७० हजार ३५२ खर्च भएको समेत प्रहरी उपरीक्षक बास्तोलले बताउनुभयो । 

उहाँले एकजना साक्षीका लागि नायब सुब्बाको तलब बराबर कति दिन लाग्छ सोही अनुसार साक्षीको खर्च व्यवस्थापन हुने जनाउँदै प्रत्येक मुद्दामा साक्षी हुने विश्वास दिलाउनुभयो । तीन वर्षअघिदेखि सरकारले साक्षीको सुरक्षासहित आर्थिक व्यवस्थापन गरेको हो । 

प्रहरीले काभ्रेपलाञ्चोकमा गत वर्ष एकसय ७८ थान मुद्दा दर्ता गरेकोमा एकसय ७४ थान मुद्दा अदालतमा पेस गरेको तर त्यसमध्ये ९५ थान मुद्दा मात्रै फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये ९१ थान सफल भएको र चार थान मुद्दा असफल भएको र ८३ थान मुद्दा विचाराधिन अवस्थामा रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताउनुभयो । 

यसैबीच प्रहरीले जिल्ला अदालत, धुलिखेलबाट दोषी ठहर भई फरार रहेका २३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १४ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो । 

त्यस्तै २०७२ साउनदेखि अहिलेसम्म अनुसन्धानको क्रममा पाँचसय ७६ जनालार्ई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा फरार रहेका अझै ४२ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने