१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौर्य मण्डलका अधिकांश ग्रहलाई खाली आँखाले देख्न सकिने

१२ पुष २०७९, मंगलवार ०८:३१

पुस १२, काठमाडौँ । सौर्य मण्डलका अधिकांश ग्रहलाई यो पुस महिनामा खाली आँखाले देख्न सकिने भएको छ।

शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार पुस महिनामा बाइनाकुलर र टेलिस्कोपको सहायता बिनै सौर्य मण्डलका मुख्य ग्रहलाई देखिनेछ।


आकाश सफा रहेको अवस्थामा साँझ पख सूर्यास्त सँगै बुध र शुक्र ग्रह दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए। 

यी दुई ग्रह ६:३० बजे सम्ममा क्षितिजमूनी पुगिसक्ने भएकोले सीमित समयको लागि देख्न सकिनेछ। शनि ग्रहलाई सोहि दिशामा साँझ ८:३० बजे सम्म देख्न सकिनेछ। वृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रुपमा पूर्वदक्षिणबाट मध्यरातसम्म देख्न सकिनेछ। मङ्गल ग्रह भने पूर्वउत्तरदेखि पश्चिममा साँझदेखि बिहानसम्म देख्न सकिने शर्माले बताए।

त्यस्तै औंसीपछि चन्द्रमा पनि अर्ध चन्द्रकार स्वरुपबाट पूर्णचन्द्रमा सम्मको दृश्यमा ग्रहको अघि पछि पछ्याईरहेको मनोरम दृश्य देख्न सकिनेछ। यी ग्रहहरू पङ्तिवद्ध रहेपनि यिनीहरूको चित्र एकैसाथ लिन अति कठिन रहने समितिले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बुध, शुक्र, शनि वृहस्पति र मङ्गल ग्रहलाई खाली आँखाले सजिलै देख्न सकिनेछ भने शनि र वृहस्पतिग्रहको बीचमा बरुण ग्रह तथा वृहस्पति र मङ्गल ग्रहको बीचमा अरुण ग्रहलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देख्न सकिनेछ।

काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रर्दुषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् एजिम्यूथकोण ७० डिग्री देखि २४० डिग्री र उचाईकोण १० डिग्री देखि ६० डिग्रीमा यी ग्रहहरूलाई खाली आँखाले देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह