३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कागं्रेस ,एमाले र एमाओवादी परित्याग गरि सयौ कार्यकर्ता फोरम नेपालमा प्रवेश

२७ बैशाख २०७३, सोमबार १३:५५

बैशाख २७,
बीरगन्ज । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्टिय र अन्तराष्टिय स्तरमा
बिश्वास गुमाइ सकेको सरकारसगं आफुहरु कुनैपनि हालतमा बाता नगर्ने धारणा व्यक्त गर्नुभएको छ । पर्साको
उदपुरघुर्मी गाउमा पार्टीले आयोजना गरेको बृहद पार्टी प्रवेश कार्यक्रममा नेता यादवले यस्तो धारणा
व्यक्त गर्नुभएको हो ।

उहाले सरकारले बार्ताको बहानामा आन्दोलनलाइ भाडन खोजेको आरोप लगाउदै ३६
पटक बार्ता गरेपनि मागं पुरा गर्न नसकेको सरकारसगं अबकुनै पनि हालतमा बार्ता नगरिने ठोकुवा गर्नु भयो

parsa
birjung

नेता यादवले चौतर्फीरुपमा असफल भइसकेको र कालावजारीया
तथा तस्करहरुले चलाइ रहेको आलो सरकारको आयुका दिनहरु अन्ति अवस्थामा रहेको दावी गर्दै मधेसी र
जनजातीहरुले अब बार्ता होइन आन्दोलनबाट खोसेर अधिकार लिने बताउदै बताउनु भयो ।सविधानको पुरण लेखनबाट
मात्र आफुहरुको आन्दोलन रोकिने उहाको भनाइ रहेको थियो ।

संघीय गठबन्धनका नेतासम्म रहेका यावदले
मधेसमा उठेको अधिकारको आन्दोलनका मुदाहरु गोली र बन्दुख वा मुदा लगाएर नरोकिने बताउनु भयो । उहाले
मधेसबाट सुरु भएको अधिकारको आन्दोलन अब पहड र हिमालसम्म पुगेको बताउनु भयो । मधेसी जनता अब मधेसमा मात्र
होइन पहाडको सोसित पिडित जनजाति र दलितसगं मिलेर सिहदरबार माथी धावा गरिने बताउनु भयो ।अन्तरिम सविधान
पाएको अधिर यो सविधानमा खोसिएकोले पुन अधिकार नपाउनजेलसम्म आफुहरुको आन्दोलन जारी रहने उहाको भनाइ रहेको
थियो ।
parsa 1
क्षेत्रीय अध्यक्ष वासुदेव यादवको सभापतित्वमा सम्पन्न भएको
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदि,पुर्वमन्त्री करिमा वेगम,केन्द्रिय सदस्य बिरेन्द्र
यावद,जिल्ला अध्यक्ष प्रदिप यादव,महिला नेतृ मिनी सिंह,शिवजी स्वामी,मौलाना नुरुल होदा,र सलाउदिन अहमद
लगायतका नेताहरु बोल्दै मधेसमा काग्रेस एमाले र एमाओवादीले सधै शोषण गरेको आरोप लगाएका थिए । मधेसको
मदबाट तीनै ठुलादलहरु सरकारमा गएपनि सधै मधेस बिरोधी कार्यगरेको बताउदै आन्दोलनलाइ सफल गर्न आगामि १ गते
राजधानीको प्रदर्शनमा अध्यधिक रुपमा सहभागीता जनाउन आग्रस समेत नेताहरुले गरेको थिए ।
birjung

संघीय समाजवादी फोरम पर्सा जिल्ला कार्यसमितीले आयोजना गरेको पार्र्र्टी प्रवेश
कार्यक्रममा तीन गाउका कांग्रेस ,एमाले र माओवादी पार्टी परित्याग गरि लगभग २सय स्थानिय राजनैतिक
कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् पार्टीमा प्रवेश गरेका सबैजनालाइ अध्यक्ष
उपेन्द्र यादव,उपाध्यक्ष लालबाबु राउत गदि तथा जिल्ला अध्यक्ष प्रदिप यादवले माला र अविर लगाएर स्वागत
गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि साहेब यादव, नगीना सिह ,हबिब
मिया,किशोरी साह,एमाले पार्टी परित्याग गरि बिजुली राउत,जोखन पटेल,केरेस साह,माआवादीका लडाकु बुनी यादव,
अच्छेलाल महतो धानुक , लगायतका व्यक्तिहरु कार्यक्रममा अबिर माला लगाएर प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’