१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानसिक रूपमा कमजोर देखिएपछि वरिष्ठ मनोविदको परामर्शमा सन्दीप

१८ पुष २०७९, सोमबार ०९:०५

पुस १८, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविदको परामर्श सुरु गरिएको छ।

बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।


सन्दीपलाई वरिष्ठ मनोविद शुष्मा रेग्मीले सुन्धारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्।

सुन्धारास्थित केन्द्रीय कारागारमा अन्य कैदीबन्दीसँगै सन्दीप पनि रहेका छन्।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘मानसिक रूपमा अलि डिप्रेस देखिएकाले उनलाई सोमबारबाट मानसिक परामर्शमा राखेका हौँ।’

रेग्मीले पनि उनको अवस्था सामान्य नपाएको बताएको घिमिरेले जानकरी दिए। उनलाई आवश्यक परामर्श समय मिलाएर २,३ दिनमा दिइने जानकारी घिमिरेले दिए।

सन्दीपकका वकिल सरोजकृष्ण घिमिरेले भने ‘अन्य जघन्य अपराधमा संलग्न कैदीबन्दीहरूसँगै सन्दीप पनि रहेको छ। उनीहरूको संगत र अनावश्यक कुराहरूले सन्दीप मानसिक रूपमा नै थकित देखिएको छ। त्यसैले उसलाई मानसिक रूपमा कमजोर हुन नदिन प्रयास गर्न लागेका हौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह