११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नर्सलाई करणी गरेकाे अभियाेगमा अस्पतालका सञ्चालक पक्राउ

२१ पुष २०७९, बिहीबार १०:२७

पुस २१, काठमाडौँ | आन्तरिक तथा आर्थिक किचलोबाट बन्द अवस्थामा पुगेको विराटनगरको एक अस्पतालका सञ्चालक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरको अस्पताल चौकस्थित सञ्जिवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिका सञ्चालक ३३ वर्षीय दिवाकर यादवलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरी आइतबार अदालतमा पेश गरेको हाे। सोही अस्पतालमा कार्यरत २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो यादवले जबरजस्ती करणी र कुटपिट गरेको आरोप रहेको मोरङ प्रहरीले जनाएको छ।
सुरुमा नर्सले जाहेरी दिन नमाने पनि पारिवारिक दवावले भदौ अन्तिम साता प्रहरीसमक्ष बलात्कारको जाहेरी दिएकी थिइन्।


पीडित नर्सले घटना भएको जाहेरीदिएबाट यादव फरार अवस्था रहेका थिए। मोरङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले आइतबार सुनसरीको औरावनीका यादवलाई पक्राउ गरी अदालत पेश गरिएको जानकारी दिए। प्रहरीका अनुसार विराटनगर १० स्थित उमेश गिरीको घरमा बसोबास गर्दै आएकी ती नर्सकाे डेरामा बलात्कार भएको तथ्य खुल्न आएकाे छ।
यता, सुरुमा ती दुवै जना(अस्पताल सञ्चालक यादव र नर्स  ) ‘लिभिङ टुगेदर’मा रहँदै आएको खुलेको छ। घटना भएपछि यादव फरार रहेका थिए। हाल पक्राउ परेका यादवलाई मोरङ जिल्ला अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।
यसक्रममा यादव बिरामी भएको र उनलाई मोरङ सहकारी अस्प्तालमा राखेर उपचार भइरहेको समेत उनले बताए।
सञ्जीवनी अस्पतालमा आन्तरिक किचलोका कारण कार्तिक महिनादेखि बन्द अवस्थामा रहेको थियो। १२ जना सञ्चालक रहेका अस्पतालमा आर्थिक व्यवहारमा सञ्चालकहरूबीच मतभेद सुरु भएपछि यादवले ४ करोड रुपैयाँमा ७० प्रतिशत सेयर खरिद गरेका थिए। हाल अस्पतालले कार्यरत चिकित्सक स्वस्थ्यकर्मी तथा कर्मचारीहरूको करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह