११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण : शंकास्पद दुई जनाको डीएनए परीक्षणका लागि नमुना संकलन

२२ पुष २०७९, शुक्रबार ०८:२५

पुस २१, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको घटनामा डीएनए परीक्षणका लागि दुई जनाको रगतको नमुना संकलन गरिएको छ।

अनुसन्धान सक्रिय सीआइबीको टोलीले शंकास्पद दुई जनाको नमुना संकलन गरेर डीएनए परीक्षणका लागि काठमाडौं पठाएको छ। निर्मला हत्या अनुसन्धान गर्न पछिल्लोपटक गठित डीआईजी दुर्गासिंह नेतृत्वको टोलीले पनि कञ्चनपुर पुगेर काम थालेको छ। १० साउन २०७५ मा भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा डीएनए परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन। 


रगतको नमुना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको हो। यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए निर्मलाको भजाइनल स्वाबसँग नमिलेपछि छुटेका थिए। घटना भएको साढे चार वर्ष बितिसक्दा पनि दोषी पहिचान हुन सकेको छैन। यसबीचमा कैयौँको डीएनए परीक्षण गरिएको छ। तर अहिलेसम्म निर्मलाको भेजाइनल स्वाबसँग कसैको डीएनए मिलेको छैन। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सिंह नेतृत्वको अनुसन्धान टोली अहिले पनि कञ्चनपुरमै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह