२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

२०७९, २६ पुष मंगलवार ११:४९

पुस २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिए भने विपक्षमा २ सांसदले मत दिए। राष्ट्रिय जनमोर्चा  र नेपाल मजदुर किसान पार्टीका एक-एक सांसदले विश्वासको मत दिएनन्। 

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रतिनिधिसभाको विश्वासको मत रहेको जेष्ठ सदस्य पशुपति शमशेर राणाले सदनलाई जानकारी दिए।


नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिएका हुन्। त्यस्तै, स्वतन्त्र सांसद अमरेष सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिए।

प्रचण्डलाई बहुमतका लागि १ सय ३८ मत आवश्यक थियो। प्रधानमन्त्रीको दाबी पेस गर्दै उनलाई १६९ सांसदको समर्थन रहेको थियो।

एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिएका हुन्। सात दलको समर्थनमा तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से