२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने भन्ने व्यवस्था संशोधन गरिँदै

२७ पुष २०७९, बुधबार ०७:३३

पुस २७, काठमाडौँ | 'निजी झिटीगुन्टा' सम्बन्धी व्यवस्थाबारे यतिबेला भन्सार विभालले पुनर्वालोकन गरिरहेकाे छ।

पछिल्लो समय विदेशबाट फर्केका नेपालीहरूले एकभन्दा बढी मोबाइल फोन ल्याउँदा अनिवार्य रूपमा मूल्यको १८ प्रतिशत कर भन्सार विभागलाई बुझाउनुपर्ने विषयमा विरोध भएपछि उक्त व्यवस्थाबारे पुनर्वालोकन भइरहेको हो। 

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार हाल कार्यान्वयन भइरहेको व्यवस्थाबारे जनमासमा असन्तुष्टी र विरोध भएपछि त्यसलाई कसरी र कुन ढंगबाट सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ।


'विभागको सदस्यहरूबीच छलफल भइरहेको छ। निजी झिटीगुन्टा सम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्छ भन्ने कुरा छ,' उनले सेतोपाटीसँग भने, 'विभागको छलफल सकेपछि मन्त्रालयलाई प्रस्ताव पेश गर्छौं। मन्त्रालयले पुनर्विचार गरेर त्यसलाई संशोधन गर्ने हो।'

विभागका महानिर्देशक चक्रबहादुरका अनुसार विदेशबाट नेपाल फर्केका व्यक्तिहरूलाई कुन आधारमा एउटाभन्दा बढी मोबाइल फोन वा अन्य सामग्री भन्सार नतिरी ल्याउन दिने भन्ने विषयमा छलफल हुँदैछ। 

'विदेशबाट फर्किने सबै नागरिकलाई नयाँ व्यवस्था जारी गर्ने हो या कसरी अघि बढाउने भन्ने हुन्छ। यहाँ सबै भन्नाले विद्यार्थी, वैदेशिक रोजगारीमा गएका श्रमिक, घुमघामका लागि गएका नागरिकदेखि हरेक वर्गका मानिस पर्छन्,' उनले भने, 'अहिलेको व्यवस्था संशोधन गर्न भने जस्तो सहज छैन। विभागले प्रस्ताव पठाउनै केही समय लाग्छ।'

यसरी विभागले पठाएको प्रस्तावको आधारमा अर्थ मन्त्रालयले व्यवस्था संशोधन गर्ने हो। अर्थ मन्त्रालयका अर्थ सचिव तोयम रायका अनुसार विभागले प्रस्ताव गरेसँगै मन्त्रालयले उक्त प्रस्ताव पारित गर्ने हो वा होइन भन्ने निर्धारण गर्छ। 

'विभागको प्रस्तावलाई कतिको व्यवहारिक छ/छैन भन्ने विचार गरेर हालको व्यवस्था संशोधन हुन्छ,' उनले भने, 'अहिलेको व्यवस्थाबारे धेरैको असन्तुष्टि छ। यसबारे एकपटक संशोधन गर्न आवश्यक पनि देखिएकै हो।'

हाल भइरहेको जाँच र कडाइ २०७७ जेठ १५ गते सार्वजनिक राजपत्रमा प्रकाशित व्यवस्था अनुसार लागू भइरहेको छ।

राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार अहिले कर नतिरी जम्मा एउटा मात्र फोन ल्याउन पाइन्‍छ। सोभन्दा बढी फोन ल्याउन चाहेमा थप फोनको भन्सार शुल्क अनिवार्य तोकिएको छ।

सार्वजनिक नेपाल राजपत्रको भाग ५ परिच्छेद-१ को उपदफा १ अन्तर्गत पहिलो सूचीमा 'विदेशबाट फर्केका नेपाली यात्रुका लागि भन्सार महसुल छुट हुने' शीर्षकभित्रको १ (ङ) मा लेखिएको छ- ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडिओ क्यामरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ एक-एक थान। तोकिएभन्दा बढी सामग्री ल्याएमा के गरिन्छ भन्ने व्यवस्था उपदफा २ मा उल्लेख छ।

उक्त व्यवस्थाबारे चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल यो व्यवस्था लागू नगर्न मौखिक निर्देशन दिएका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई यो व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। 

मन्त्रालयबाट विभाग र त्यस मातहातका कार्यालहरूमा मौखिक रूपमै निर्देशन जारी गरियो। तर यसलाई कतिको आधिकारिक मान्ने/नमान्ने भन्ने प्रश्न उठ्यो। त्यसैले कार्यालयहरूले लिखित रूपमा औपचारिक निर्णय नआएसम्म राजपत्रअनुसार नै व्यवस्था कार्यान्वयन गर्‍यो। 

यसै विषयमा विभिन्न टिकाटिप्पणी भएपछि यतिबेला भन्सार विभागले हालको व्यवस्था संशोधन गर्न आफ्नोतर्फबाट प्रस्ताव तयार गरिरहेको हो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना