१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनओसी लिँदा ४० मिनेटभन्दा बढी लाइन बस्न नपर्ने दाबी

२७ पुष २०७९, बुधबार ०७:५५

पुस २७, काठमाडौँ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । जसका कारण सेवाग्राही घन्टौं लाइन बस्नुपर्ने स्थितिबाट अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी गरेको छ ।


शाखाका अनुसार तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गरिएकाले ४० मिनेटभन्दा बढी लाइनमा बस्न नपर्ने शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

तोकिएको समयमा एनओसी लिन आएका सेवाग्राहीहरुलाई तोकिएकै समयभित्र सेवा प्रवाह भइरहेको शाखाले दाबी गरेको छ । अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवती तथा कलेज शुल्क भुक्तानी गर्नुपर्ने, प्लेन टिकट बुकिङका कारणले अविलम्ब सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीलाई अत्यावश्यक सेवा दिने कार्यलाई निरन्तरता दिइएको छ ।

शाखाले आइतबारदेखि सफ्टवेयरमा अपलोड गरिएका कागजातकै आधारमा रुजु गर्ने गरिएकाले एप्लिकेसन फारम बाहेक अफर लेटर, ट्रान्सक्रिप्ट, नागरिकता लगायतका कुनै पनि कागजातको प्रतिलिपि पेस गर्न नपर्ने, तोकिएको दिनमा सेवा लिन असमर्थ सेवाग्राहीलाई छुट्टै झ्यालबाट सेवा प्रवाह गर्ने कार्य शुरु गरेको शाखा प्रमुख वस्तीले बताए ।

शाखाको तथ्यांक अनुसार मंगलबार ४८९ जनाले एनओसी लिएका छन् भने ४२० जनाको आवेदन स्वीकृत भएको छ । १६४ जनाको भने विविध कारणले आवेदन अस्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै