११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपले भने- छिट्टै खेलमा फर्किन्छु, समयसँगै सबै कुरा बाहिर आउँछ

२९ पुष २०७९, शुक्रबार ११:४८

पुस २९, काठमाडौं | कारागारबाट धरौटी तिरेर रिहा भएलगतै नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । उच्च अदालत पाटनले  २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै  उनी धराैटी तिरेर तारेखमा रिहा भएका हुन् ।

केन्द्रीय कारागारबाट निस्कने क्रममा उनले पत्रकारहरुसंग कुरा गर्दै छिटै खेलमा फर्किने बताएका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।


उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

धेरै हल्ला भएपछि सन्दीपले नै एकछिन एकछिन भन्दै हल्ला शान्त पार्ने कोशिस गरेका थिए । ‘म के भनिराखेको छु एकछिन’ भन्दै समर्थकहरुसँग बोल्न खोजे । उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए । सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने बताए ।

सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोजदाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ । त्यही अनुसार अघि बढ्नेछु । अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन । र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह