११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान दुर्घटनामा परेकी अन्जु : जो श्रीमान विमान दुर्घटनामा बितेपछि पाइलट पढेकी थिइन्

१ माघ २०७९, आईतवार ११:०९

माघ १, काठमाडौँ | आइतबार पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश शोकमा डुबेको छ । चालक दलसहित ७२ जना दुर्घटनामा परेका छन् ।

अहिलेसम्म ६८ जनाको शव फेला परेको छ भने अन्य ४ जनाको अवस्था भने अज्ञात रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । यस्तै, ५ जनाको सनाखत भइसकेको छ ।


काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान आइतवार बिहान करीब ११ बजे दुर्घटनामा परेको थियो । विमान कमल के.सी. र को–पाइलट अञ्जुले उडाएका थिए । अन्जु २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेका दीपक पोखरेलकी धर्मपत्नी हुन् । को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो। श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्।

 विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी अन्जुले श्रीमानको मृत्युपछि पाइलटको कोर्ससँगै उडान भर्ना थालेकी थिइन् । विमान दुर्घटनामा परेपछि उद्धार भइरहेको अवस्थामा अहिले उनको अवस्था अज्ञात नै छ । अन्जुका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेका छन् ।

आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

आज शवहरू संकलनको काम मात्र गरिने र शनाखत भोलि मात्र हुने उनले बताए । पोस्टमार्टम र शनाखतको प्रक्रिया पूरा गरेर आफन्तलाई शव जिम्मा लगाउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह