११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुचा परिवारले दुःख गरेर डाक्टर बनाएका रूपन्देहीका गणेश पोखरा जहाज दुर्घटनामा बिते

२ माघ २०७९, सोमबार ०७:०५

माघ २, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा. गणेश थापाले आइतवार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका छन् । उनि आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए।

ब्रिटिश वेलफेयर पोखरामा कार्यरत ३६ वर्षीय डा. थापा परिवारका एक्ला छोरा थिए । थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो । डा. थापाकी बहिनी यशोदा रानाका अनुसार गणेशले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।


पोखरामा काम गर्नुअघि डा. थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका डा. थापालाई नजिकबाट चिन्ने रवि रानाले बताए । चिकित्सक समेत रहेकी डा. थापाकी पत्नी रोनी महर्जन र २ वर्षीया छोरी काठमाडौंमा बस्थे । उनकी पत्नी महर्जनले काठमाडौंमा एमडी गरिरहेकी छन् ।

बुवा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका १ मात्र छोरा थिए डा. गणेश । चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुःख गरेर छोरालाई चिकित्सक पढाएका थिए । दुर्घटनामा छोराको मृत्यु भएको खबर बुचा परिवारले पत्याउन सकेका छैनन् । 

काठमाडौंमा शव बुझेपछि उनको दाहसंस्कार गर्न रुपन्देही ल्याउने तयारी भइरहेको छ । डा. गणेशले विद्यालय तह रुपन्देहीको सिद्धार्थ बोर्डिङ स्कूल र प्लस टु बुटवलको ग्लोरियस कलेजबाट गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह