२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुचा परिवारले दुःख गरेर डाक्टर बनाएका रूपन्देहीका गणेश पोखरा जहाज दुर्घटनामा बिते

२०७९, २ माघ सोमबार ०७:०५

माघ २, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा. गणेश थापाले आइतवार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका छन् । उनि आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए।

ब्रिटिश वेलफेयर पोखरामा कार्यरत ३६ वर्षीय डा. थापा परिवारका एक्ला छोरा थिए । थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो । डा. थापाकी बहिनी यशोदा रानाका अनुसार गणेशले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।


पोखरामा काम गर्नुअघि डा. थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका डा. थापालाई नजिकबाट चिन्ने रवि रानाले बताए । चिकित्सक समेत रहेकी डा. थापाकी पत्नी रोनी महर्जन र २ वर्षीया छोरी काठमाडौंमा बस्थे । उनकी पत्नी महर्जनले काठमाडौंमा एमडी गरिरहेकी छन् ।

बुवा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका १ मात्र छोरा थिए डा. गणेश । चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुःख गरेर छोरालाई चिकित्सक पढाएका थिए । दुर्घटनामा छोराको मृत्यु भएको खबर बुचा परिवारले पत्याउन सकेका छैनन् । 

काठमाडौंमा शव बुझेपछि उनको दाहसंस्कार गर्न रुपन्देही ल्याउने तयारी भइरहेको छ । डा. गणेशले विद्यालय तह रुपन्देहीको सिद्धार्थ बोर्डिङ स्कूल र प्लस टु बुटवलको ग्लोरियस कलेजबाट गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना