११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा जहाज दुर्घटना: पानीबाट निकालियो एक जनाको शव

२ माघ २०७९, सोमबार १०:१९

माघ २, काठमाडौँ | पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। 

सोमबार अपरान्ह ३ बजे सेती नदीबाट एक जनाको शव फेला निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालिएको हो। 

अहिले उक्त शवलाई पनि गण्डकी अस्पताल लैजाने तयारी गरिरहेको डिएसपी थापाले बताए। अहिलेसम्म अस्पतालमा ६८ जनाको शव राखिएको छ। 

बाँकी तीन जना बेपत्ताको खोजी गरिरहेको छ। त्यहाँ अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। 

आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दुर्घटना भएको हो। 

पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटना भएको हो। जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए। 

जसमध्ये ६९ जनाको शव फेला परेको हो। गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ। 

प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ। 

यस्तै काठमाडौंमै बुझ्न चाहने, पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलको शव काठमाडौं ल्याउन लागिएको छ। कहिले ल्याउने भन्ने टुंगो लागिसकेको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह