२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई दुर्घटनामा ज्यान गुमाउने पाइलटदेखि यात्रुकाे कति हुन्छ बीमा रकम ?

२०७९, २ माघ सोमबार १२:१०

माघ २, काठमाडौँ | आइतबार पोखराको सेती खोंचमा यती एयरको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । हराइरहेका ३ जनाको खोजी भइरहेको छ । विमानमा ४ जनाको चालक दलसहित ७२ जना सवार थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । नेपालको आन्तरिक उडानको इतिहासमा यो नै सबैभन्दा बढी मानवीय क्षति भएको हवाई दुर्घटना हो ।

हवाईजहाज दुर्घटना भएसँगै दुर्घटनामा ज्यान गुमाएकाहरुले कति बीमा रकम पाउँछन् भन्ने चासो बढेको छ । सामान्यतया संसारभर नै हवाईजहाजमा यात्रा गर्ने यात्रुको बीमा गरिएको हुन्छ । नेपालमा पनि सोहीअनुसार बीमाको व्यवस्था छ ।नेपाली बीमा कम्पनीहरुले हवाई बीमाबापतको जोखिम ०.३० प्रतिशतमात्रै बहन गर्ने गरेका छन् । बाँकी विदेशी पुनर्बीमा कम्पनीसँग भर पर्दै आएका छन् ।


नेपालमा व्यवसायिक उडान सुरु भएदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमा शुल्क २० हजार अमेरिकी डलर छ । बीमा शुल्क बढाउन नागरिक उड्डयन प्राधिकरणले माग गर्दै पनि आएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने प्रतियात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको छ ।

यती एयरको विमान दुर्घटनाको अध्ययन तथा मूल्यांकन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पुनर्बीमामार्फत सिङ्गापुरबाट सर्भेयरसमेत झिकाएको डेपुटी सीईओ कमल गौतमले नेपाल प्रेसलाई जानकारी दिए । सर्भेयरले क्षति मूल्याङ्कन गरेपछि विदेशी पुनर्र्बीमा कम्पनीले नेपाली बीमा कम्पनीलाई दाबी रकम पठाउँछ । गौतमका अनुसार नेपालका हवाई बीमा लण्डन र युरोपका थुप्रै कम्पनीमार्फत पुनर्बीमा गराइएको छ । यता सरकारको अध्ययन प्रतिवेदनलाई पनि बीमा भुक्तानीको आधार मानिने गौतमले बताए ।

प्रतियात्रुको बीमा रकम २० हजार डलर

विमानमा ६८ जना यात्रु सवार थिए । ३ जनाबाहेक सवार सबै यात्रुको मृत्यु घोषणा भइसकेको छ । मृत्यु भएको एक जना यात्रुले २० हजार डलर रकम बीमावापत पाउँछ । यस आधारमा आजको अमेरिकी डलरको विनिमयदरसँग तुलना गर्दा एक यात्रुले २६ लाख रुपैयाँ बीमा रकम पाउनेछन् । आज एक अमेरिकी डलर बराबर १३० नेपाली रुपैयाँको विनिमयदर रहेको छ । प्रतियात्रु २६ लाखका दरले भुक्तान गर्दा ६८ जनालाई १७ करोड ६८ लाख रुपैयाँ बीमा कम्पनी र पुनर्बीमाले भुक्तान गर्नुपर्ने देखिन्छ । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम हो ।

त्यस्तै क्याप्टेनबाहेक अरु क्रु मेम्बरको हकमा भने ४० हजार डलर पाउने व्यवस्था रहेको डीसीईओ गौतमले जानकारी दिए । आजको विनिमयदरअनुसार एक क्रु मेम्बर बराबर ५२ लाख रुपैयाँ बीमा तथा पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ । बीमा समितिका अध्यक्ष राजुरमण पौडेलले पाइलटको हकमा भने एक लाख अमेरिकी डलर भुक्तान गर्नुपर्ने व्यवस्था रहेको बताए । आजकै विनिमयदरलाई आधार मान्दा पाइलटले एक करोड ३० लाख रुपैयाँ बीमा रकम पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से