११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहविरुद्धको बलात्कार मुद्दा : तनहुँ अदालतमा बहस सकियो, फैसला आउँदै

३ माघ २०७९, मंगलवार ११:४०

माघ ३, काठमाडौँ | जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा बहस सकिएको छ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकिएको थियो। 


अहिले दुवै पक्षबाट बहस सकिएको छ। यस्तोमा फैसला आउन केही समय लाग्ने जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। 

यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग बलात्कारको आरोप लागेको थियो। 

तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्। 

पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ। 

जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दूरुपायोगको मुद्दामा उनलाई सजाय सुनाइएको हो। 

नवलपुरले भदौ २१ गते फैसला गरेको थियो। गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह