माघ ४, काठमाडौँ | नेपाली कांग्रेसले सभामुखको उम्मेदवारी दिन अब माओवादीको निर्णयलाई नपर्खिने भएको छ । एमाले उम्मेदवार देवराज घिमिरेको समर्थक नै माओवादी भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई नपर्खिने भएको हो ।
कांग्रेस नेतृत्वमा विपक्षी समिकरणबाट सभामुखको उम्मेदवार टुंग्याउन केही बेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदैछ । उनीहरुको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुुर पनि मिसिएका छन् ।
उनीहरुको बैठक सिंहदरबारमा बस्ने कांग्रेसका एक पदाधिकारीले बताए। उनीहरुबीच बिहिन पनि भेटवार्ता भएको थियो ।
तीन नेताको छलफलपछि कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्णय गरेर उम्मेदवारी दर्ता गर्न जाने तयारी छ । कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवारी बनाउँने तयारी छ ।