११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपाले पनि सभामुखमा देवराज घिमिरेलाई मत दिने

५ माघ २०७९, बिहीबार ०७:४३

माघ ५, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा)ले सभामुखमा नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो ।


प्रधानमन्त्री चयनमै सत्ता गठबन्धनमा सामेल भएको जसपाले विश्वासको मतसमेत दिएको थियो । बिहीबार संसद्लाई सम्बोधन गर्दै जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई समर्थन गर्ने बताए ।

तर, शक्ति बाँडफाँडमा चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी छैन । सभामुखको निर्वाचनमा सत्ता गठबन्धनमै रहने वा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सामेल हुने भन्ने विषयमा लामो छलफलपछि जसपाले एमालेका घिमिरेलाई नै मत दिने भएको हो ।

पार्टीको संसदीय दलको बैठकले सभामुखमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेका जसपाका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह