२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कामकाजमा रोक, छानबिन समिति गठन

२०७९, ५ माघ बिहीबार ०८:३४

माघ ५, विराटनगर | कोशी अस्पतालमा उपचारका लागि लगिएका एक बालकलाई चिकित्सकले जिवित रहँदा नै मृत्यु घोषणा गरेको प्रकरणमा स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चासो व्यक्त गरेका हुन् । साथै विराटनगरको कोसी अस्पतालले चिकित्सकलाई उक्त  काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।


बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषित गरेका थिए ।

चिकित्सकले मृृत घोषित गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए । अन्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए । अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा लापरवाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्।

अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए ।

बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म इमर्जेन्सी वार्डमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा थिए ।

बुधबार विहान मोरङको जहदा गाउँपालिका–३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान दिपिल मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । अस्पताल पुर्‍याएको केही समयपछि डा. आकाश यादवको टोलीले मृत घोषित गरेको थियो । चिकित्सकले मृत घोषित गरेको शिशु जिउँदै रहेको पाएपछि शिशुका आफन्तले कोसी अस्पतालमा आएर उपचारमा खटिएका चिकित्सकमाथि हातपात गरेका थिए ।

मन्त्री गिरीले बालकका अभिभावक र अस्पताललाई फोन सम्पर्क गरेर यसबारेमा जानकारी लिएका हुन् । बालकका बुवा दिलिप मुखियासँगको टेलिफोन संवादमा मन्त्री गिरीले दोषीमाथि कारबाही गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से