माघ ६, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो।
गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयअनुसार माघ ८, ९ र १० गते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराइले जानकारी दिएका छन्।
सरकारले पनि सोनाम ल्होसारका दिन एकदिन सार्वजनिक बिदा दिँदै आएको छ।