राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक रवाफ देखाउँदै घरमै बसेर शिक्षक तलब खाँदै

२०७३, ३ आश्विन सोमबार ०६:४३

राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक विद्यालय मिर्चैया १ मठडाहीकुटीका एक शिक्षकले घरमै वसिवसि तलव खाने गरेको पाईएको छ ।  तीन कक्षा सम्म पढाई हुने सो विद्यालयका एक मात्र शिक्षक (निमित्त प्र.अ.) हरिवेव मण्डलले विद्यालयमा उपस्थित नभएपनि शिक्षा कार्यालयबाट नियमित रुपमा तलव खाने गरेको खुलासा भएको छ ।

 मण्डल शिक्षक नियुक्त भएदेखि नै विद्यालय नआउने गरेको विद्यालयका अध्यक्ष समेत रहेका बुलन मण्डलले गुनासो गरे । शिक्षक मण्डल गाउँकै भएकोले राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । 

शिक्षक नआएपछि विद्यालयका कार्यालय सहयोगी रविन्द्र ठाकुरले आएका विद्यार्थीलाई पढाउने गरेको अध्यक्ष मण्डलले बताए । नियुक्ति भएदेखि नै शिक्षक मण्डल विद्यालयमा नआएपछि आफैले आएका विद्यार्थीहरुलाई सकेको पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे  । तीन वटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी रहेको भएपनि १२÷१५ जना विद्यार्थी मात्र नियमित आउने गरेका ठाकुरले बताए । 

शिक्षकलाई नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाई दिन जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रीसम्मलाई पटक पटक अनुरोध गरेपनि कुनै सुनुवाई नभएकोले स्थानीयहरु आक्रोश व्यक्त गरे । 

यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनको विषयमा यहाँ पनि गुनासो आएको भन्दै उनको ठाउँमा चाडैं अर्को शिक्षक पठाउने तयारी भईरहेको प्रतिक्रया दिए । दलित वस्तिको मध्य भागमा रहेको उत्तः विद्यालयमा अध्यनरत  विद्यार्थीहरु दलित मात्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा