११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

९ माघ २०७९, सोमबार ०८:२७

माघ ९, म्याग्दी | सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक यात्रुको मुत्यु भएको छ ।

बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका, १ कुहुँतर्फ गइरहेको जीप अन्दाजी ११ : ३० बजे काफलचौरको उकालोमा दुर्घटना हुँदा जीपमा सवार मंगला गाउँपालिका, १ की फौमाायाँ गर्वुजा (६१) को मृत्यु भएको हो । गम्भीर घाइते गर्वुजा उपचारका लागि सदरमुकाम बेनी पुर्‍याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो ।


प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडी गुडेर सडकमुनि खेतमा खसेको थियो । जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् । ‘दुर्घटनाग्रस्त जिपका चालक नियन्त्रणमा लिएका छौं । दुर्घटनाको कारण अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा परी ७ जना घाइते छन् । उनीहरुको को बेनी अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु