१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–माधव नेपाल एकताको पहल : गम्भीर ढंगले अगाडि बढ्यो दुई पार्टीबीच वार्ता

९ माघ २०७९, सोमबार ०८:४४

माघ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच औपचारिक संवाद शुरू भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच आइतवारबाट औपचारिक वार्ता शुरू भएको हो । 

उपाध्यक्ष कृष्णबहादुर महरा संयोजकत्वको माओवादी वार्ता टोली र महासचिव डा. बेदुराम भुसाल संयोजकत्वको एकीकृत समाजवादीको टोलीबीच आइतवार पहिलो औपचारिक वार्ता भएको हो । वार्ता टोलीको सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सके पार्टी एकता नभए कार्यगत एकता गर्ने गरी छलफल शुरू भएको जानकारी दिए । 


‘वामपन्थी र समाजवादी शक्तिबीच सहकार्य र पार्टी एकता गर्ने गरी दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच औपचारिक र गम्भीर ढंगले छलफल शुरू भएको छ,’ ज्वालाले भने, ‘हामी निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौ ।’

वार्ता टोलीमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल र शक्ति बस्नेत तथा एकीकृत समाजवादीका तर्फबाट ज्वाला र विजय पौडेल सदस्य छन् । वार्ता टोलीको तहमा सहमति भएपछि शीर्ष तहमा छलफल हुने नेताहरूले बताए । यही वार्ता टोलीले एमाले परित्याग गरेका घनश्याम भुसाललाई एकीकृत समाजवादीमा भित्र्याएको थियो । माओवादीसँग पार्टी एकतासम्मको लक्ष्य राखेर छलफल गरिएको ज्वालाले बताए ।

‘सम्भव भए पार्टी एकता गर्छौं, नभए पनि समाजवादी केन्द्र बनाएर कार्यगत एकताको समझदारी गर्छौं,’ उनले भने । समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेत समेट्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पहिलो दिनको छलफलमा वैचारिक राजनीतिक विषय र पार्टीका दस्तावेज आदानप्रदान भएका छन् । आजभोलिमै पुनः दोस्रो चरणको छलफल गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड