११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनोद चौधरीको अर्को ठगी धन्दा बाहिर

१० माघ २०७९, मंगलवार ०६:४१

माघ १०, काठमाडौँ | डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरी र उनको व्यवसायिक समूह सीजी ग्रुपका बदमासी एकपछि अर्को बाहिर निस्कन थालेको छ । करछली र सम्पत्ति शुद्धिकरणका आधा दर्जनबढी मुद्दा थाती छन् । विभिन्न कारखाना तथा परियोजनाले सार्वजनिक जग्गा मिचेको, प्रक्रिया पूरा नगरेको समाचारसँगै ३८ वर्ष पुरानो वाईवाई कारखाना रहेको ललितपुर सैंबुका घर र कारखानाको करसमेत अहिलेसम्म नतिरेको पाइएको छ ।


शुरुका दिनमा प्रति मीनेट १२० प्याकेट चाउचाउ उत्पादन गर्ने उक्त कारखानामा अहिले २१ सय प्याकेटसम्म तयार हुने र सबैतिर गरेर वार्षिक ४० हजार टन वाइवाइ निस्कने गरेको छ । भारतलगायत विश्वका विभिन्न देशमा वाइवाइ बेचेर धनी भएको बताउने गरेका चौधरीको सिजी कम्पनीले सैंबुस्थित कारखानाको कर र राजश्व भने हालसम्म बुझाएका छैनन् । ‘सैंबुस्थित वाइवाई फ्याक्ट्री रहेको जग्गाको तिरो तिरेको तर त्यहाँभित्र रहेका धेरै वटा कारखाना र कार्यालय भवनहरूको करचाहिँ अहिलेसम्म बुझाएको देखिँदैन,’ ललितपुर महानगरपालिका वडा नम्बर १८ कार्यालयले जनाएको छ ।

जग्गाको तिरो तिरेको रसिद देखाउँदै हालसाबिक निम्ति वडाबाट कागजपत्र प्रमाणित गराउन आउँदा उक्त तथ्य खुलेको हो । कम्पाउण्डभित्रका भवनहरूको तोकिएको कर तिर्न आफूहरूले सिजीलाई आग्रह गरेको वडाध्यक्ष दामोदर खड्काले पनि बताए । जनआस्थासँगको कुराकानीमा खड्काले भने, ‘बिग हाउस, कर्पोरेट हाउस भन्नेले अरबौं आम्दानी गर्ने तर सुको कर नतिर्ने हो भने महानगरभित्र टिनको झुपडीमा बस्नेले मात्र नियम मान्नुपर्छ भन्ने के छ ?’ कारखाना, कार्यालय भवन र त्यसले चर्चेको जग्गाको सबै कागजात मिलाएर आए अभिलेखीकरण गरिदिन कुनै आपत्ति नरहेको बताउँदै खड्का थप्छन्, ‘महानगरलाई दिनुुपर्ने यसअघिका सबै रकम तिरेपछि मात्रै मालपोत बुझाउन भनिएको छ ।’

वाइवाइका मालिक चौधरीले ३८ वर्षदेखि नतिरेको रकम अहिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारभित्र रहेर शुरुदेखि तिर्नुपर्नेमा ललितपुर १८ वडा कार्यालय प्रतिबद्ध देखिन्छ । उसले भनेको छ ‘तत्कालीन सैंबु गाउँ पञ्चायत, सैंबु गाउँपालिका र कार्यविनायक नगरपालिकालाई कर बुझाएको निस्सा वा नबुझाएको भए सो रकम अहिले ललितपुर महानगरलाई तिर्नुपर्ने हुन्छ । कम्पाउण्डभित्र रहेका सबै संरचनाको तोकिएको शुल्क र हर्जाना तिर्नुपर्छ । त्यहाँ रहेका भवनहरू जस्ताको तस्तै नक्शांकन गरेर ल्याउनुपर्छ । अनि मात्रै अरु काम हुन्छ ।’ 

यता, सोही क्षेत्रमा सिजी ग्रुपले सिजी हिल्स निर्माण गरेको छ । उक्त कोलोनीमा ५६ वटा घर ठडिएका छन् । तर, कोलोनी छिर्ने मुख्य सडक चौधरीले मिचेको स्थानीयको गम्भीर आरोप छ । कोलोनीमा सहज आवागमनको लागि सार्वजनिक जग्गा मिचेर कायम गरेको सडक यथावत राख्न उक्त ग्रुपले एक करोड घुस अफरसहित अनेक कोसिस गरेको समाचार विभिन्न टेलिभिजनमा समेत सार्वजनिक भइरहेका छन् । सोही बाटोबारे उठेको विवादमा वडाध्यक्षले भने, ‘सरकारी सार्वजनिक जग्गा कसैले मिच्न पाउँदैन । निजी भनिएका जग्गाको पनि नियमानुसार तिरो र शुल्क बुझाउनै पर्छ । सार्वजनिक जग्गा मिच्ने कुराको कसैले पनि कल्पना नगरे हुन्छ । म दायाँबायाँ गरेर कलम चोप्ने मान्छे होइन ।’ जनआस्था

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु