१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पक्राउ परेनन् फरार सांसद कोइरी? गृहमन्त्री रविको जवाफ: राज्यका संयन्त्र थिलथिलो बनाइएको रहेछ

१० माघ २०७९, मंगलवार ०९:२१

माघ १०, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले राज्यका निकाहरुलाई पार्टीहरुले थिलथिलो बनाएको आरोप लगाएका छन्। फरार सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा आज सांसदहरुले गृह मन्त्री माथि प्रश्न उठाएका थिए। मंगलवारको प्रतिनिधि सभाको बैठकमा प्रश्नकझ जवाफ दिँदै उनले काम गरेर जवाफ दिने बताए।


'राज्यका संयन्त्रलाई थिलथिलो बनाइएको छ। वर्षौं शासन सत्ता सम्हालेका दलबाट थिलथिलो बनाइयो। कामका माध्यमबाट जवाफ दिनेछु,' लामिछानेले भने।

उनले ठुला दलहरुमाथि आक्रोश व्यक्त पनि गरेका छन्। प्रमुख जिल्ला अधिकारी (सिडियो) र डिएसपीमा दलहरुले चलखेल गरिरहेको लामिछानेको भनाइ थियो।

'आज सिडियो आफ्नो चाहिएको छ। डिएसपी चाहिएको छ। गृह प्रशासनले गर्न लागेको प्रणालीमा तपाईं हामीले विश्वास गर्नुपर्ने छ। चाहे फरार सांसदका विषयमा हुन्। गृह मन्त्रालय अन्त्यन्त संवेदनशील छ,' उनले भने। केहि दिनभित्रै परिणाम दिनेगरि काम हुने लामिछानेको दाबी छ।

'विश्वास दिलाउन चाहन्छु त्यस्ता ठाउँलाई ठीक गरेर केहि दिन भित्रै हामी निर्णयमा पुग्छौं,' उनले भने।

उनले आफूले राम्ररी काम गरिरहेको र सांसदको साथ आफूलाई चाहिएको पनि बताए। 'मैले खुट्टा दरो सँग टेकेको छु। तपाईंहरु पनि दह्रो गरि टेक्नुहोला,' लामिछानेले भने।

लामिछानेभन्दा अघि बोलेका सत्तारुढ दल नेकपा एमालेका सांसद रघुवीर महासेठले कोइरीको बचाउ गरेका थिए। लामिछानले पक्राउ पर्ने आश्वासन दिइरहेका बेला सत्तारुढ दलकै सांसदले उनी दोषी करार नभएकोले अपराधी नभएको दाबी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड