२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

२०७९, ११ माघ बुधबार ०३:३६

माघ ११, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र  विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्ने छन् । कार्यालयका समस्या र सेवा प्रवाहमा अपनाएका अभ्यासबारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको सचिव डा दामोदर रेग्मीले बताउनुभयो । कार्यक्रमले जिल्लाका कर्मचारीले सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्दै सेवा प्रवाहमा समन्वय र समस्या समाधान गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

नापी र मालपोत प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरिँदा ती निकायबाट सम्पादन हुने कार्यमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार रहेका सबै कार्यालयलाई सदाचारितातर्फ उत्प्रेरित हुन यस कार्यक्रमले सहयोग पुगेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख निराजन घिमिरेले बताउनुभयो ।

नापी विभागका महानिर्देशक जनकराज जोशीले नापी र मालपोत कार्यालयका सेवा प्रवाहका दैनिक काम गुनासोरहित तवरबाट सम्पन्न गर्न कार्यालय प्रमुख दत्तचित्त हुनुपर्ने बताउनुभयो । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भूमि प्रशासनको कामलाई झन्झटमुक्त बनाउनु सबैको दायित्व भएकाले केन्द्र यसका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।

यसैबीच नापी र मालपोत कार्यालय एकीकरण तथा लेखापढी व्यवसायी सदाचार भएमा सेवाग्राहीले ती कार्यालयबाट प्रदान गरिने सेवा सहज, सर्वसुलभ र सरल हुने सुझाव दिएका छन् । मालपोत र नापीबाट हुने सेवा प्रवाहमा गुनासो बढिरहेकाले त्यसमा सुधार ल्याई चुस्तदुरुस्त र गुनासोरहित वनाउन आकस्मिक निरीक्षण  र कार्यालयको प्रतिवेदन प्रणालीलाइ व्यवस्थित तुल्याउन आवश्यक रहेको उहाँहरूको भनाइ छ ।

कार्यालयको सेवा प्रवाहमा सुधार, अभिलेख व्यवस्थापन व्यवस्थित, हेल्पडेस्क सेवाग्राहीमैत्री,  मालपोत र नापी कार्यालयको समन्वय भएमा सेवा लिनका लागि अतिरिक्त रकम बुझाउनुपर्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से