३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुस्ता बचाउ अभियन्ता गुरुङको निधन

११ माघ २०७९, बुधबार ०७:२४

माघ ११ , काठमाडौं । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। मष्तिष्क घात भइ गत पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचारार्थ ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो। 


भारतद्वारा पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाइमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो। नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि भारतद्धारा हुँदै आएको पटक पटकको अतिक्रमण कार्य रोकिनु पर्ने, अतिक्रमति भूमि फिर्ता हुनुपर्ने र स्थायी सीमा स्तम्भ स्थापनाको माग राख्दै सरकारलाई दबाब दिंदै आएका थिए।  

आर्थिक अवस्था कमजोर रहेका उनको उपचारका लागि बुटवल र नवलपरासीमा अभियान सञ्चालन गरिएको थियो। उपचारमा हालसम्म करिब ७ लाख बढी खर्च भएको परिवारजनले जनाएको छ। सरसपाटबाट लिइएको रकम अस्पताललाई तिरेर शव घर ल्याइएको परिवारजनले जनाएको छ। गुरुङका श्रीमती, २ छोरी र १ छोरा छन्।

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो। १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ। अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए। १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भनेर दाबी गरेपछि अहिले सो क्षेत्र कसैले पनि भोगचलन नगरेको जयसवालले बताए। 

सुस्ता गाउँपालिका– ५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३२५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास छ। नारायणी नदीबाट डुंगा चढेर जानुपर्ने सुस्तालाई तीन तिरबाट भारतीय भूमिले घेरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड