११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवाग्राही नहुँदा कार्यालय कुर्ने मात्रै काम

१२ माघ २०७९, बिहीबार ०६:५५

माघ १२, मनाङ | यहाँ बुधबारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेंसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिलागरी परे पनि यहाँका कार्यालयका कर्मचारी जिल्लामा नै बस्नुपरेको छ ।  

सेवाग्राही जिल्लामा नहुँदा यहाँका कर्मचारीलाई कार्यालय कुर्ने मात्रै काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो । “यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर गएका छन्, त्यसैले अधिकांश कार्यालयमा सेवाग्राही आउने कुरा भएन”, विष्टले भन्नुभयो, “कार्यालय कुर्ने मात्रै काम भएको छ ।”

चिसोले गर्दा यहाँका विकास योजनाका काम सबै ठप्प छन् । केही स्थानमा विकास निर्माणका काम आंशिकरुपमा भइरहेकाले अनुगमनलगायतका कार्य भने गरिरहेको उहाँले बताउनुभयो । 

मनाङमा हिउँ पर्नुपर्ने भए पनि अहिलेसम्म पर्याप्त मात्रामा परेको छैन । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्लापास गर्न यहाँ बाह्य पर्यटक आउनेक्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । 

“हिउँ पर्दा आन्तरिक पर्यटक बढ्थे, हिउँ नपरे पनि यहाँ दैनिकजसो बाह्य पर्यटक आइरहेका छन्, जसले गर्दा यहाँ बसेर सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीको भिडभाड नभए पनि सेवा दिइरहेको गौतमले बताउनुभयो । 

सेवाग्राही नहुँदा अहिले यहाँ कुनै कार्यक्रम भएका छैनन् । विकास निर्माण ठप्प छ । काम नभएपछि भुक्तानीका काम पनि ठप्प जस्तै रहेको यहाँका कर्मचारी बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले कामको चाप नभए पनि सेवाग्राहीबाहेक अन्य प्रशासनिक कार्य गरिरहेको बताउनुभयो । “अहिले यहाँ कामको चाप त छैन, तर अन्य कार्य हेर्ने समय पाएको छु”, ढुङ्गेलले भन्नुभयो, “यहाँ सेवाग्राही फर्किन थालेपछि कार्यालयमा कामको चाप बढ्नेछ ।”

बुधबार मात्रै आंशिकरुपमा माथिल्लो मनाङमा हिमपात भएको उहाँले बताउनुभयो । हालसम्म आवश्यकमात्रामा जिल्लामा हिमपात भने भएको छैन । यस वर्ष हिउँ ढिला गरी पर्ने देखिएको छ । हिउँ ढिला पर्दा मनाङवासी ढिला गरी जिल्ला फर्किने सम्भावना बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु