११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख खानको फिल्म पठानले पायो भव्य ओपनिङ

१२ माघ २०७९, बिहीबार ०८:०२

माघ १२, काठमाडौँ | बलिउड सुपरस्टार शाहरुख खानको फिल्म पठानले रिलीज भएको पहिलो दिन बुधवार भव्य ओपनिङ गरेको छ । चार वर्षपछि ठूलो पर्दामा देखिएका शाहरुखको यस फिल्मलाई बहिष्कार गर्न माग गरिएको भए पनि दर्शकहरू फिल्म हेर्न हलमा ओइरिएका छन् । 


पठानले पहिलो दिनमा बाहुबली फिल्मको कमाइलाई पछि पारेको छ । बक्स अफिस इन्डियाका अनुसार, सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानले बुधवार ५१ करोड भारुको कीर्तिमान कमाइ गरेको छ । दर्शकहरू सिनेमाघरमा गएर सिट्ठी बजाउँदै अनि नाच्दै फिल्म हेरिरहेको भिडियो पनि सार्वजनिक भएको छ । 

फिल्मप्रति दर्शकको क्रेज अत्यधिक रहेकाले हलहरूले शो बढाएका छन् । बिहान ६ बजेदेखि राति ११ः३० बजेसम्म पनि शोहरू राखिएका छन् । निकै रातिका शोहरू पनि हाउसफुल छन् । साताको मध्यभागमा रिलीज भएको फिल्मको यो कमाइ निकै राम्रो हो । बाहुबली २ ले साताको मध्यमा रिलीज भएर गरेको कमाइलाई पठानले पछि पारेको छ । 

यस अर्थमा पठानले सन् २०२२ मा रिलीज भएको केजीएफ २ लाई पनि जितेको छ । केजीएफ २ शुक्रवार रिलीज भएर पहिलो दिन ५२ करोड भारु कमाएको थियो तर पठान साताको मध्यमा आएर पनि ५१ करोड भारु कमाउन सफल भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु