११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञप्ति जारी गर्दै भाटभटेनीले भन्यो– प्रेमप्रसादको भुक्तानी समयमा गरेका हौँ, निधनले स्तब्ध छौँ

१२ माघ २०७९, बिहीबार ०८:५१

माघ १२, काठमाडौँ | भाटभटेनी सुपरमार्केटले इलाम सूर्योदय ११ केराबारीका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी गरेको स्पष्ट पारेको छ । कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्त्वमा रहेको कम्पनीको भुक्तानी समयमा गरिएको जनाएको छ ।

“इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ,” भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ । आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।”


भाटभटेनीले सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिलाई गरेको भुक्तानीको भौचरको प्रतिलिपि पनि विज्ञप्ति साथै पठाउँदै भनेको छ, “हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं ।”

यस्तो छ विज्ञप्ति:

प्रेस विज्ञप्ति                                                                                                                                                                                     २०७९/१०/१२

इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ ।

साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ ।

आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ ।

उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।

नेपालमै उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप हामीले उहाँलाई साथ दिँदै आएका हौं ।

तसर्थ आचार्यको नेतृत्त्वमा रहेको सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिसँग हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं । 

उहाँको कम्पनीबाट लिइएका सामग्रीको समयमा भुक्तानी गरिएको र कहिले पनि उहाँलाई दुःख दिने नियत नभएको स्पष्ट पार्न चाहन्छौँ ।

उहाँमात्रै नभएर अन्य भेन्डरहरुलाई समेत हामीले हाम्रो समस्यालाई थाती राखेर भुक्तानी दिँदै आएको यहाँहरुसमक्ष जानकारी गराउँदै उहाँको कम्पनीलाई भुक्तानी गरिएका भौचरको कपी पनि यसै विज्ञप्तिसहित यहाँहरुसमक्ष प्रेषित गरेका छौँ । धन्यवाद

भाटभटेनी सुपरमार्केट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु