११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २’को टिजर सार्वजनिक (भिडियो)

१३ माघ २०७९, शुक्रबार ०९:१६

माघ १३, काठमाडौँ | अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा फिल्म ‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक भएको छ । एक मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनप्रधान लाग्छ । फिल्मको केन्द्रीय कथावस्तु र द्वन्द्वलाई टिजरले राम्रोसँग स्थापित गर्न सकेको छ । टिजरले पात्र चित्रण पनि खुलाएको छ ।

समग्रमा यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथा हो । ‘हाम्रो बारीको स्याउ हामीले पनि बेच्न पाउनुपर्छ । हाम्रो डाँडाको यार्सा हामीले पनि टिप्न पाउनुपर्छ,’ भन्ने एक पात्रको अभिव्यक्तिले समग्र फिल्मको कथावस्तुलाई दर्शाएको छ ।

ग्याङस्टर मनोविज्ञान सिर्जना गर्ने टिजरको ब्याकग्राउड स्कोर र रङ संयोजन पनि आकर्षक लाग्छ । हिमालपारिको जिल्ला मनाङमा छायांकन गरिएको फिल्मको टिजरले त्यहाँको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ । मेनडग चरित्रमा देखिएका अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेका छन् ।

रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । दश वर्षअघिको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भए पनि कथावस्तु चाहिं भिन्न देखिन्छ । निगमको पछिल्लो फिल्म ‘लालपूर्जा’ सन् २०१८ मा रिलिज भएको थियो ।

‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् । रिलिज मितिलाई भ्यागुता कराउने दिन भनेर टिजरमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु