इराकमा चौध जनालाई मृत्युदण्ड

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौँ | इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजायँ बिहीबार सुनाएको हो ।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए । 

यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको हो ।  इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए । 

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!