११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित, महाभूकम्पको खतरा

१५ माघ २०७९, आईतवार ०६:२१

माघ १५, धनगढी । सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित रहेकोले जतिबेला पनि ठूलो भुकम्प आउन सक्ने बताइएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको बताए ।

८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन् । उनले वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्ने बताए ।


गत कात्तिकमा डोटीमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । गत मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गयो । दुवै ठाउँ नजिकै पर्छ । ‘ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ । सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ । यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ ।

पूर्व–पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ’ वरिष्ठ भूकम्पविद् अधिकारीले भने, ८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिन्छ। सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेका हुन्छ ।

हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको अब पूरै सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ। सोहिअनुसारको सावधान जोखिमबाट बच्ने उपाय भएको भूकम्पविद् बताउँछन् । २०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो। त्यसले ठूलो जनधनको क्षति गरेको थियो । पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ ।

तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प गएको छैन । २०३७ सालमा बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको थियो । महाभूकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । नेपालमा दैनिकरुपमा ८ देखि १० वटा भूकम्प गइरहेका हुन्छन् ।

४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन्। निरन्तर भूकम्प गइरहने क्षेत्र भनेको जोखिमको क्षेत्र हो । कञ्चनपुरको महेन्द्रनगर, झलारी, कैलालीको टिकापुर, अत्तरिया, धनगढी लगायत ठुला, मझौला तथा साना सहरी क्षेत्र समेत भूकम्पको जोखिममा रहेको भूकम्पविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु