११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मापसे परीक्षण गर्दा पोखराका व्यवसायीले भाँचिदिए प्रहरीको हात

१६ माघ २०७९, सोमबार ११:०३

माघ १६, पोखरा | मादक पदार्थ सेवन गरी गाडी चलाउनेमात्रै होइन, झै-झगडा गर्ने अनि प्रहरीलाई पनि नटेर्ने गर्दै आएका पोखराका युवा अटो व्यवसायीलाई कास्की प्रहरीले पक्रेको छ।  अटो व्यवसायी २५ वर्षे सौरभ थापा पछिल्लोपटक फेरि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका हुन्। 

उनलाई पक्रेर अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार ५ दिनअघि थापा पक्राउ परेका हुन्। नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्। 

पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्रहरी स्रोत बताउँछ। 

‘यसपटकचाहिँ राति ३ बजे मादकपदार्थ सेवन गरी गाडी चलारहँदा सौरभ प्रहरी चेकिङमा परेका थिए,’ प्रहरी स्रोत भन्छ, ‘तर प्रहरीलाई नटेरी भाग्न खोजे र गाडीको ढोकाले उल्टै प्रहरीलाई लाग्यो र हात भाँच्चियो।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु