“उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा

पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।

छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी

Sajhasabal “उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा

पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।

छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी

३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलचराको प्रजाति बढ्दै सङ्ख्या घट्दै

१९ माघ २०७९, बिहीबार ०७:४०

माघ १९, गण्डकी | 

“उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा

पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।

छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी

क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी केगरी ।।”

कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता संग्रह ‘दुलही’ को बाँच्छ्याँै चरी केगरी शीर्षकको यस कवितांशमा भनिए जस्तै पछिल्लो समयमा बस्ती विकासको क्रम बढ्दा चराहरूको वासस्थान पनि नासिँदै गएका छन् । बर्सेनि चराहरूको सङ्ख्या घट्दै गएको छ । बर्सेनि हुने गणनामा चराको सङ्ख्या घट्दो क्रममा देखाइएको छ । विश्वव्यापीरुपमा प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलचराको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । पोखरामा पनि प्रत्येक वर्ष जलचराको गणना गर्दै आइएकामा यसवर्ष जनवरीको १२, १३ र १४ तारिखमा तिनको गणना गरिएको उहाँले बताउनुभयो ।


तालैतालको सहर पोखरामा रहेका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीचभाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

 पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङहुँदै बग्ने कालीगण्डकीसहित विभिन्न जल सम्पदाका कारण पोखरा मात्र नभइ समग्र गण्डकी प्रदेश नै चराचुरुङ्गीका लागि आकर्षक वासस्थानमा मानिन्छ । अध्यक्ष घिमिरेका अनुसार पोखरामा यसवर्षको जलचरा गणना लेखनाथका सात ताल, विजयपुर खोला र फेवाताल आसपासका क्षेत्रमा गरिएको थियो । 

बर्सेनि चराको सङ्ख्या घट्दै जानु यतिखेर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला तीन वर्षको तथ्याङ्कले पोखरा र आसपासका क्षेत्रमा जलचराको सङ्ख्या घट्दो क्रममा देखिएको छ । सन् २०२१ को गणनामा पोखरा र आसपासमा ४६ प्रजातिका जलचरा भेटिएका थिए । त्यस वर्ष कूल चराको सङ्ख्या तीन हजार ८५ गणना गरिएको थियो । सन् २०२२ को गणनामा ४५ प्रजातिका  तीन हजार आठ चरा भेटिएका थिए । यस वर्ष(सन् २०२३)को गणनामा प्रजाति थपिएर ५४ पुगे पनि सङ्ख्या भने घटेर दुई हजार ६२२ पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम बर्सेनि बढ्दै गए पनि चराको सङ्ख्या घट्दै जानु चुनौतीका रुपमा लिइएको छ । 

नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अन्वेषकले बताए । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेका छन् ।

पछिल्ला वर्षमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणले सङ्कटमा पर्दै गएको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो । पोखरा र आसपासमा चराका वासस्थान विभिन्न कारणले सङ्कुचन हुँदै गएको उल्लेख गर्दै उहाँले नवनिर्मित पोखरा विमानस्थल र आसपासमा बस्ने गरेका प्राय मांशाहारी प्रजातिका चरा आफ्नो वासस्थान हराएसँगै वरपरका विभिन्न स्थानमा वासस्थान खोज्दै गएको बताउनुभयो ।

पोखराको फेवातालबाट लेखनाथ तालमा चरा विचरणका लागि आवतजावत गर्ने गरेको पनि सचिव ढकालले बताउनुभयो । सामान्यतः बिहानको समयमा फेवातालबाट ठूलै समूहमा चरा लेखनाथका तालमा चर्न जाने र बेलुका फर्कने गरेको उहाँको भनाइ थियोे । हिउँद सुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै पोखरा र आसपासमा क्षेत्रमा आउने गरेका  क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको यहाँका बुढापाकाले बताए  ।

ठूला ठूला झुण्डमा आउने क¥याङकुरुङ पोखरा र  कालीगण्डकी उपत्यका पार गर्दै भारतको राजस्थानलगायत स्थानमा पुग्ने गर्दछन् । कास्की र आसपासका क्षेत्रमा क¥याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै रहेको स्थानीयवासी रामचन्द्र सुवेदीले बताउनुभयो । स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका वासिन्दाको भनाइ थियो ।

विगतमा खोला किनारा र अन्य जलाशयमा पाइने चरा पनि अहिले पाउन छोडिएको छ । लेखनाथ क्षेत्रस्थित रुपातालमा १०÷१२ वर्ष अघिसम्म देखिने गरेको दाह्रे हाँस (रजहाँस) र सेतोहाँस अहिले पाउन छोडिएको छ । पछिल्ला वर्षमा पोखरा र आसपासका जलाधार क्षेत्रमा पहँेला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति साथै सङ्ख्या पनि कम हुँदै गएको अध्ययनले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड