२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री डा पौड्याल श्रीलङ्का प्रस्थान

२०७९, १९ माघ बिहीबार ०९:१६

माघ १९, काठमाडौँ | परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ ।

उहाँलाई श्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्याल आज साँझ श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुहुनेछ । सो अवसरमा उहाँले श्रीलङ्कामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।  

भोलि शुक्रबार श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । 

परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ