१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा सामेल नहुने

४ आश्विन २०७३, मंगलवार ०४:०८

असोज ४, काठमाडौँ  । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् । 

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने जानकारी गराउनुभयो । 

“ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा आन्तरिक प्रतियोगितामा सामेल हुने उल्लेख छ” उहाँले भन्नुभयो, “तर हामीलाई ऐन विपरीत आयोगले विज्ञापन खोल्नु अगाडि नै आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा ‘सुविधा लिई अवकाश’मध्ये एक रोज्न भनेको छ । यो हामीलाई मान्य छैन ।” 

शिक्षा विभागले गत बुधबार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’मध्ये एक रोज्न आग्रह गर्दै यही असोज १० गतेसम्म ‘अस्थायी शिक्षक विवरण सङ्कलन फाराम’ भर्न आग्रह गरेको छ । 

अध्यक्ष कुँवरले आफूहरुका माग अनुसार विभागले व्यवस्थापन गर्न नथालेको भनी आपत्ति जनाउनुभयो । “अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी गराउनुपर्ने र प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकलाई औषधोपचार र उपदान सुविधा दिनुपर्ने तथा प्रतियोगिताबाट स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधि स्थायी सेवामा गणना गर्नुपर्ने हाम्रो माग हो” उहाँले भन्नुभयो– “तर त्यस मागलाई पनि व्यवस्थापन प्रक्रियाले सम्बोधन गरेको छैन ।” 

अहिले देशभरि २०४० सालदेखिका करिब १७ हजार अस्थायी शिक्षक छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’