२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु, पाँच घाइते

२०७३, ५ आश्विन बुधबार ०५:२५

असोज ५, गुल्मी । वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । 

पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् । 

गएराति वर्षाका कारण उद्योग माथिबाट ढिस्कोसँगै खसेको पहिरोमा पुरिएर घाइते बनेका थापाको उपचारका क्रममा राति नै स्थानीय स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख महेन्द्र नेपालले बताउनुभएको छ । 

पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षीय खेमराज थापा, उनकी श्रीमती ३२ वर्षीय सुनिता थापा, ३ वर्षीया छोरी हीरा थापा र सात वर्षीया वर्षा थापा र दिब्रुङ–६ का ३१ वर्षीय दीपक थापा घाइते भएका छन् । उनीहरुको स्थानीय शान्तिपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

गएराति परेको अविरल वर्षाका कारण गुल्मीको विद्युत् सेवासमेत अवरुद्ध बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने