१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डम्पिङ साइट नहुँदा दुई देशका यात्री प्रभावित

६ आश्विन २०७३, बिहीबार ०५:११

असोज ६, वीरगन्ज । दैनिक करिब ७५ टन फोहरमैला निस्कने वीरगन्ज उपमहानगरपालिकासँग स्थायी डम्पिङ साइट नहुँदा नगर क्षेत्रको फोहोर नेपाल–भारतको दशगजा क्षेत्रमा फाल्ने गरेकाले ती फोहोरबाट निस्कने दुर्गन्धले दुवै देशका यात्री प्रभावित बनेका छन् । 

उपमहानगरपालिका घोषणा भएको १८ वर्ष हुँदा पनि नगरपालिकासँग फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट नहुँदा अहिले ती फोहोर नेपाल–भारत दशगजामा रहेको मितेरी पुलवरिपरि तथा धार्मिक नदी सिर्सिया क्षेत्रमा फ्याँक्ने गरिएको छ । 

पर्साको विश्रामपुरमा १६ बिघा क्षेत्रफलमा एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गर्ने काम सुरु भएको वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्यले बताउनुभयो । 

फोहोर सङ्कलनमा दैनिक २४७ स्विपर, २० वटा ट्याक्टर र दुईवटा टिप्पर प्रयोग भए पनि ती फोहोर बस्तीनजिकै फ्याँक्दा स्थानीयावासी प्रभावित भएका छन् भने दुर्गन्धले आवतजावत गर्ने यात्रुसमेत प्रभावित भएका छन् । 

नेपाल–भारतको सीमा दशगजा क्षेत्रमा तथा नदीमा फोहोर फ्याँक्नु गलत हो र यसले जलचरसमेत प्रभावित हुने गरेको भन्दै पूर्वराजदूत विजयकान्त कर्ण भन्नुहुन्छ, “दुवै देशका सीमा दशगजा क्षेत्रमा फोहोर फ्याँक्नाले नेपाल–भारतबीचको सम्बन्धमा असर पर्ने देखिन्छ ।” 

नेपाल प्रवेशद्वारका रुपमा रहेको मितेरी पुलको वरिपरि फोहोर फ्याँक्नाले सो वरिपरिका गाउँका बासिन्दा मात्र नभई कामविशेषले नेपाल आउने भारतीय नागरिकसमेत दुर्गन्धका सिकार हुने गरेका छन् । सन् २०१८ सम्ममा ल्यान्डफिल्ड साइटको निर्माण सम्पन्न गराउने लक्ष्य लिएको वीरगन्ज उपमहानगरपालिकाले सहर, बस्तीभन्दा टाढा फोहोर फ्याँक्नुपर्ने माग वीरगन्जवासीको रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव