2026-11-02 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीलाई हराएको युएई भोलि नेपालसँग भिड्दै

चैत १, काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको पपुवा न्युगिनी(पीएनजी) र युएईविरुद्धको अन्तिम खेलमा युएई विजेता भएको छ।

टस जितेर पहिला ब्याटिङ् गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन जोडेको थियो।

२३५ रनको जवाफी लक्ष्य पाएको युएईले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै २३६ रन जोड्यो।

आजभएको खेलमा युएईका मुहम्मद वासिम प्लेयर अफ द म्याच घोषित भए। उनले ७६ बलमा ११९ रन जोडेका थिए।

यसअघि लगातार ४ खेल हारेको युएई भोलि(बिहीबार) नेपालसँग भिड्ने छ। दुईटै टोलीका लागि भोलिको खेल फाइनल सरह हुनेछ।

नेपालले भोलिको खेल जित्दा विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ भने युएईले जित्दा अहिलेको विश्वकप लिग २ को स्थानमा यथावत रहनेछ।

७ टोली सम्मेलित लिग २ मा अंक तालिकाको शिर्ष ३मा रहेका टोलीले विश्वकप छनोटका लागि स्थान बनाउँदा प्रमुख ५ टोलीले अहिलेको लिग २ को स्थानमा यथावत रहनेछन्। पुच्छारका २ टोलीभने लिग २ गुमाउनेछन्।

भोलि नेपाल र युएईले विश्वकप लिग २ को अन्तिम खेल खेल्नेछन्। अंक तालिकाको चौथो स्थानमा रहेको नेपालले भोलि युएईलाई हराए नामेबियालाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लनेछ।

यस्तै भोलिको खेल युएईले जिते अंक तालिकाको पाँचौमा रहेको अमेरिकालाई पछाडि पार्दै आफूलाई अंक तालिकाको अन्तिम पाँचमा सुरक्षित राख्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द