2026-08-24 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध भीम सार्कीको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा

चैत २, काठमाडौं | मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् ।

टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई ओभरमा दुई विकेट गुमाएको थियो । ६.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाउँदा भीम क्रिजमा आएका थिए । उनले ओपनर कुशल भुर्तेलसँग ६१ रनको साझेदारी गरे ।

विष्फोटक ब्याटिङ गरिरहेका कुशल आउट भएपछि नेपाल दबाबमा पर्‍यो, तर भीमले धैर्यता गुमाएका छैनन् । अहिले उनी आरिफ शेखसँग मिलेर नेपालको इनिङ अगाडि बढाइरहेका छन् । भीमले ६० बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनको इनिङमा ५ चौका समावेश छन् । आरिफले २२ रन बनाएर भीमलाई साथ दिइरहेका छन् ।

नेपालका लागि पाँचौं नम्बरमा क्रिजमा आएका भीमले आरिफसँग ५१ रनको साझेदारी गर्दै संयमित इनिङ खेलिरहेका छन् । यसअघि, नेपालले ओपनर कुशल भुर्तेललाई ५० रनमा गुमाउँदा, आसिफ शेख शून्यमा आउट भएका थिए । कुशल मल्ल ५ रन र कप्तान रोहित १६ रन बनाएर पभेलियन फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन