2026-08-24 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले को-कोसँग गर्नेछ प्रतिस्पर्धा ?

चैत २, काठमाडौं |  नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)माथि डकवर्थ लुइस पद्धतिमा ९ रनको रोमाञ्चक विजय हासिल गरेसँगै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भएको छ । यससँगै नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ ।

भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुनेछ । जसमा सहभागी हुन १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा लिग–२ मा शीर्ष तीनमा रहेका टोलीहरू नेपाल लगायत स्कटल्यान्ड ओमानले स्थान बनाउनेछन् । त्यस्तै अन्य दुई टोली नेदरल्यान्ड्स र जिम्बावेले पनि विश्वकप छनोटका लागि स्थान बनाइसकेका छन् । 

अब आईसीसी विश्वकप क्वालिफायर प्लेअफबाट आएका शीर्ष दुई टोलीले पनि विश्वकप छनोट खेल्नेछ । आईसीसी विश्वकप लिग–२ मा रहेका चार टोलीसहित अन्य दुई टोली रहनेछन् । जसमा नामिबिया, यूएई, पपुवा न्युगिनी (पीएनजी), अमेरिकासँगै क्यानडा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सुपर लिगबाट आएको तीन टोलीले पनि विश्वकप छनोट खेल्नेछन् । 

जसमा टेस्ट राष्ट्र वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलङ्का र आयरल्यान्ड रहेका छन् । यो चार टोलीमध्ये तीन टोलीले विश्वकप छनोट खेल्नेछ ।

नेपाली टोलीले प्रतिस्पर्धा गर्ने टोलीहरू टेस्ट राष्ट्र पनि हुनेछन् । जसमा नेपाललाई धेरै कुरा सिक्न पाउने अवसर पनि छ । शीर्ष दुईमा पर्न सके नेपालले विश्वकप खेल्ने पाउने अवसर पनि छ। 

अब नेपालले लिग–२ बाट आउने स्कटल्यान्ड, ओमानसँगै नेदरल्यान्ड्स र जिम्बाब्वे । यता लिग–२ बाट प्लेअफमा गएका नामिबिया, पपुवा न्युगिनी (पीएनजी), अमेरिका, यूएईसँगै क्यानडा र जर्सी मध्ये दुई टिम । त्यस्तै सुपर लिगबाट आउने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलङ्का र आयरल्यान्डमध्येबाट तीन टिमसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । 

आईसीसी एकदिवसीय विश्वकपमा सहभागी हुने सात टिमको टुङ्गो लागिसकेको छ । जसमा आयोजक भारतसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

विश्वकपमा स्थान बनाउने तीन टोलीको भने टुङ्गो लाग्न बाँकी छ । जसमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपाल, स्कटल्यान्ड, वेस्ट इन्डिज, श्रीलङ्का, आयरल्यान्ड, दक्षिण अफ्रिका, ओमान, नेदरल्यान्ड्स, जिम्बाब्वे रहेका छन् । त्यस्तै यूएई, अमेरिका, पीएनजी, नामिबिया, क्यानडा र जर्सी मध्य दुई टिम छनोटमा सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु