2026-07-25 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

चैत ६, दमौली | पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ । 

तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रधानमन्त्री क्रिकेट कप खेलिसकेका छन् । क्रिकेटखेलतर्फ आकर्षण बढेपनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् ।

 तनहुँ क्रिकेटका कप्तान चन्द्रकान्त पौडेल भन्नुहुन्छ, “क्रिकेटमा खेलाडीको बढ्दो आकर्षण भए पनि क्रिकेट खेल्नका लागि मैदान छैन । यो दुःखद् पक्ष हो ।” पूर्वाधार अभावकै कारण कतिपय खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएको पौडेलको गुनासो छ । “तनहुँ जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान छैन, सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “हामीले कहिलेकाहीँ प्रतियोगिता गर्दा अहिले जस्तो मैदान छ त्यस्तैमा गरिरहनुपरेको छ ।”

दमौली पेलिकन्स क्लबले बेलाबेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेल मैदानकै अभावमा क्लबले व्यास नगरपालिका–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ । 

“क्रिकेटमा राम्रो सम्भावना छ, तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ”, पौडेलले भन्नुभयो । तनहुँका क्रिकेट खेलाडी समीर कँडेलले खेल्ने वातावरण भए आफूहरुले राम्रो खेल्न सक्ने बताउनुभयो । “पूर्वाधारको अभावमा पनि तनहुँ क्रिकेटमा अगाडि बढ्दैछ, पूर्वाधार निर्माण गरिदिए हामी राम्रो खेल्न सक्छाँै,” कँडेलले भन्नुभयो, “पूर्वाधार निर्माणमा सरोकारवालाले ध्यान पु¥याइदिए हुन्थ्यो ।”

क्रिकेट खेलमा तनहुँले पछिल्लो समय प्रगति हासिल गर्न थालेको छ । तनहुँले हालसम्म दुई पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको छ । यस वर्षको सुरुमा तनहुँले बागलुङमा सम्पन्न प्रतियोगितामा विजेता बन्दै रु एक लाख नगद जित्न सफल भएको थियो । त्यस्तै, प्रधानमन्त्री कप क्रिकेट छनोटमा तनहुँ गण्डकी प्रदेशको विजेता बनेको थियो । साथै, केही हप्ता अगाडि गैँडाकोटमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगितामा तनहुँ उपविजेता बन्न सफल भयो । पछिल्लो नौ खेलमा अपराजित रहेको तनहुँले गैँडाकोटमा भएको मेयर कपको फाइनलमा चितवनसँग मात्रै हार बेहोरेको थियो । 

यसअघि तनहुँले बागलुङलाई दुई, कास्कीलाई एक, नवलपुरलाई दुई, स्याङ्जालाई दुई, पर्वतलाई एक पटक पराजित गरिसकेको छ । तनहुँमा क्रिकेटतर्फ आकर्षण बढेपनि पूर्वाधार अभावका कारण खेलाडीमा निराशा उत्पन्न हुनु स्वभाविक ठान्नुहुन्छ क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठ । तनहुँमा व्यवस्थित क्रिकेट मैदान निर्माण गर्नेतर्फ क्यानले सोचेको श्रेष्ठ बताउँनुहुन्छ । 

“क्रिकेटतर्फ निकै आकर्षण छ, क्रिकेटले नै नेपालको नाम राख्न सफल भएको छ”, श्रेष्ठले भन्नुभयो, “तनहुँमा क्रिकेट मैदान नभएर ठूलो समस्या परिरहेको छ ।” क्रिकेटको विकासका लागि क्यान तनहुँ लागिपरे पनि मैदानकै कारण सोचेजति विकास हुननसकेको श्रेष्ठले बताउनुभयो । 

तनहुँमा क्रिकेट मैदान निर्माण गर्नुपर्छ भनेर आफूहरुले प्रदेश तथा केन्द्रमा आवाज उठाउँदै आएको श्रेष्ठ बताउनुहुन्छ । “ठाउँ खोज्न सकिए प्रदेशले मैदान निर्माणमा सहयोग पर्ने प्रतिबद्धता जनाएको छ, व्यास नगरपालिका–५ को मैदानलाई क्रिकेट मैदान बनाउन सकिन्छ की भनेर वडामा पनि कुरा गरिरहेका छाँै”, श्रेष्ठले भन्नुभयो ।  पाटनको मैदानमा बेलाबेलामा क्रिकेट खेलाइने गरे पनि त्यसलाई दीर्घकालीन रुपमा नै क्रिकेट मैदान बनाउन वडाको तर्फबाट सहमति भए क्यानले त्यहाँ व्यवस्थित खेलमैदान बनाइदिने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक