2026-11-02 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

चैत ६, दमौली | पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ । 

तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रधानमन्त्री क्रिकेट कप खेलिसकेका छन् । क्रिकेटखेलतर्फ आकर्षण बढेपनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् ।

 तनहुँ क्रिकेटका कप्तान चन्द्रकान्त पौडेल भन्नुहुन्छ, “क्रिकेटमा खेलाडीको बढ्दो आकर्षण भए पनि क्रिकेट खेल्नका लागि मैदान छैन । यो दुःखद् पक्ष हो ।” पूर्वाधार अभावकै कारण कतिपय खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएको पौडेलको गुनासो छ । “तनहुँ जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान छैन, सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “हामीले कहिलेकाहीँ प्रतियोगिता गर्दा अहिले जस्तो मैदान छ त्यस्तैमा गरिरहनुपरेको छ ।”

दमौली पेलिकन्स क्लबले बेलाबेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेल मैदानकै अभावमा क्लबले व्यास नगरपालिका–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ । 

“क्रिकेटमा राम्रो सम्भावना छ, तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ”, पौडेलले भन्नुभयो । तनहुँका क्रिकेट खेलाडी समीर कँडेलले खेल्ने वातावरण भए आफूहरुले राम्रो खेल्न सक्ने बताउनुभयो । “पूर्वाधारको अभावमा पनि तनहुँ क्रिकेटमा अगाडि बढ्दैछ, पूर्वाधार निर्माण गरिदिए हामी राम्रो खेल्न सक्छाँै,” कँडेलले भन्नुभयो, “पूर्वाधार निर्माणमा सरोकारवालाले ध्यान पु¥याइदिए हुन्थ्यो ।”

क्रिकेट खेलमा तनहुँले पछिल्लो समय प्रगति हासिल गर्न थालेको छ । तनहुँले हालसम्म दुई पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको छ । यस वर्षको सुरुमा तनहुँले बागलुङमा सम्पन्न प्रतियोगितामा विजेता बन्दै रु एक लाख नगद जित्न सफल भएको थियो । त्यस्तै, प्रधानमन्त्री कप क्रिकेट छनोटमा तनहुँ गण्डकी प्रदेशको विजेता बनेको थियो । साथै, केही हप्ता अगाडि गैँडाकोटमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगितामा तनहुँ उपविजेता बन्न सफल भयो । पछिल्लो नौ खेलमा अपराजित रहेको तनहुँले गैँडाकोटमा भएको मेयर कपको फाइनलमा चितवनसँग मात्रै हार बेहोरेको थियो । 

यसअघि तनहुँले बागलुङलाई दुई, कास्कीलाई एक, नवलपुरलाई दुई, स्याङ्जालाई दुई, पर्वतलाई एक पटक पराजित गरिसकेको छ । तनहुँमा क्रिकेटतर्फ आकर्षण बढेपनि पूर्वाधार अभावका कारण खेलाडीमा निराशा उत्पन्न हुनु स्वभाविक ठान्नुहुन्छ क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठ । तनहुँमा व्यवस्थित क्रिकेट मैदान निर्माण गर्नेतर्फ क्यानले सोचेको श्रेष्ठ बताउँनुहुन्छ । 

“क्रिकेटतर्फ निकै आकर्षण छ, क्रिकेटले नै नेपालको नाम राख्न सफल भएको छ”, श्रेष्ठले भन्नुभयो, “तनहुँमा क्रिकेट मैदान नभएर ठूलो समस्या परिरहेको छ ।” क्रिकेटको विकासका लागि क्यान तनहुँ लागिपरे पनि मैदानकै कारण सोचेजति विकास हुननसकेको श्रेष्ठले बताउनुभयो । 

तनहुँमा क्रिकेट मैदान निर्माण गर्नुपर्छ भनेर आफूहरुले प्रदेश तथा केन्द्रमा आवाज उठाउँदै आएको श्रेष्ठ बताउनुहुन्छ । “ठाउँ खोज्न सकिए प्रदेशले मैदान निर्माणमा सहयोग पर्ने प्रतिबद्धता जनाएको छ, व्यास नगरपालिका–५ को मैदानलाई क्रिकेट मैदान बनाउन सकिन्छ की भनेर वडामा पनि कुरा गरिरहेका छाँै”, श्रेष्ठले भन्नुभयो ।  पाटनको मैदानमा बेलाबेलामा क्रिकेट खेलाइने गरे पनि त्यसलाई दीर्घकालीन रुपमा नै क्रिकेट मैदान बनाउन वडाको तर्फबाट सहमति भए क्यानले त्यहाँ व्यवस्थित खेलमैदान बनाइदिने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द