2026-11-02 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटमा कञ्चनपुरः खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

चैत ८, काठमाडौं | कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ ।

नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन् । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो । मैदानमा निर्माणको पहिलो चरणमा माटो भरान र ‘चेन्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको थियो । त्यसपछि सोही आर्थिक वर्षमा रु ३३ लाखको माटो भरानसमेत भयो ।

दुई वर्षअघि रु एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । सोही निर्माणस्थलमा केही वर्षअघि जिल्ला खेलकुद विकास समितिले माछापालनका लागि जग्गा दिँदा अहिले सो क्षेत्र कुरुप बनाएर छाडिएको छ ।

“क्रिकेट मैदानका लागि आएको रकमले माछा पोखरी पुर्नुपरेको छ”, क्रिकेटका एक सिनियर खेलाडीले भन्नुभयो, “हचुवाका भरमा खेलकुदको जग्गा अनावश्यक भाडामा दिँदा समस्या भएको छ ।” पछिल्लो समय यु–१९ को राष्ट्रिय टिममा पनि कञ्चनपुरबाट सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र मिलन बोहरा छन् ।

कञ्चनपुरमा झण्डै डेढ दशक क्रिकेटको स्वयंसेवक प्रशिक्षकका रुपमा प्रशिक्षण गराएका वीरेन्द्र शाहीले कञ्चनपुरलाई क्रिकेटको भूमिभन्दा फरक नपर्ने बताउँछन् । “विगतदेखि नै यहाँका खेलाडी राष्ट्रिय टिममा परेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय बनाउँदै आएकै छन् ।” हाल सुर्खेतमा प्रशिक्षण गराइरहनुभएका प्रशिक्षक शाहीले भन्नुभयो, “यहाँ हरेक समय क्रिकेटका गतिविधि तथा आयोजना प्रसस्त भइरहेका हुन्छन् ।”

यहाँस्थित खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रदेश सरकारको रातो किताबमा क्रिकेट मैदानका लागि रकम राखिएको बताउनुभयो । “प्रदेशको मन्त्रिमण्डलले पूर्णताः पाएपछि यहाँ बजेट आउने कुरो छ”, उहाँले भन्नुभयो, “यहाँ २०६६ सालमा छैटौँ राष्ट्रिय हुँदा क्रिकेट मैदान बनेको थियो ।”

यता सुदूरपश्चिम प्रदेश सरकारको पहलमा भने कञ्चनपुरको महेन्द्रनगरमा रु २६ करोडको लागतमा बहुउद्देश्यीय कवर्डहल बन्ने तयारी छ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभाका सदस्य एवं पुर्व प्रदेशमन्त्री प्रकाश रावलको पहलमा यहाँ सो कवर्डहल निर्माणको सुरुआतका लागि रु आठ करोड बजेट विनियोजन भएको छ ।

“कवर्डहलको डिपिआरमा समस्या आएपछि संशोधनको प्रक्रियामा छ”, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रावलले भन्नुभयो, “यस चालु आर्थिक वर्षमा ठेक्का भएर काम भने सुरु भइसक्छ ।” उहाँले उक्त हल निर्माण भए यहाँ खेलकुद गतिविधिमा अझ बढी बढावा मिल्नेमा आशावादी रहेको बताउनुभयो ।

कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र चन्दले चालु आवमा क्रिकेट मैदानका लागि रु ५० लाख बजेट विनियोजन भएको बताउनुभयो । “राष्ट्रिय खेलकुद परिषद्बाट सो रकम विनियोजन भएको हो”, उहाँले भन्नुभयो, “ यो माटो भरानको काम पुनः होला ।” उहाँले यहाँ राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनका बेला ‘टर्प पिच’ नभएको बताउनुभयो । 

“छैटौँ राष्ट्रियका बेला क्रिकेट मैदान बने पनि त्यसको संरक्षण नुहँदा त्यहाँ फुटबल, हक्कीदेखि मर्निङवाकसम्म हुन थाले”, उहाँले भन्नुभयो, “क्रिकेट सङ्घलाई संरक्षणका लागि मैदान दिन खेलकुद समिति मञ्जुर भएन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द