2026-09-21 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल: उद्घाटन खेलमा चेन्नाईविरुद्ध गुजरातको विजयी सुरुआत

चैत १८, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा विजयी सुरुवात गरेको छ । चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो ।

शुक्रबार घरेलु मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । ब्याटिङ गर्दै चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो भने १७९ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

पहिले ब्याटिङ गर्दै चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ५० बलमा  ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

गुजरातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । त्यसपछि विजय शंकरले २७ रन, ऋद्धिमान साहाले १६ बलमा २५ रन तथा साई सुदर्शनले पनि २२ रनको महत्त्वपूर्ण योगदान दिए । 

गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । 

चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ विकेट तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने