2026-09-21 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

वैशाख ५, काठमाडौं | एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको छ ।

लागि कप्तान फैजले सर्वाधिक ७६ रन जोडे । उनले आउट हुनुअघि, ओपनर विरन्दीपसँग १ सय १६ रनको साझेदारि गर्दै ९५ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे । विरन्दीप ९४ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए ।

ओपनर मोहमद अमिर १८ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पभेलियन फर्किएका थिए । सायद अजिज १३ रन बनाएर सोमपाल कामीको बलमा क्याच आउट हुँदा खिजार हायात २२ रनमा आउट भए ।

नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिए । भने, सोमपालले आफ्नो स्पेलको ९ ओभर फाल्दै ४० रन खर्चिए। यस्तै, ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।

मुलपानी मैदानमा जारी अर्को खेलमा सिंगापुरले हङकङलाई ४२.१ ओभरमा अलआउट हुँदै १ सय ७५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी