2026-11-02 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप: मलेसियाविरुद्ध कप्तान रोहित ४२ रनमा आउट

वैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा २३६ रनको लक्ष्य पाएको नेपालले मलेसियाविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

खराब सुरुवात गरेको नेपालले २१.५ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । कप्तान रोहितले ४३ बलमा पाँच चौकाको मद्दतमा ४२ रन बनाए । रोहित भिरन्दिप सिंहको बलमा आउट भए ।

अहिले क्रिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्की र पाँचौँ नम्बरमा आएका कुशल मल्ल छन् । 

यसअघि निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मलेसियाले २३५ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक चुनौती पाएको हो । टीयू क्रिकेट मैदानमा उद्घाटन खेलमा मलेसियाले राम्रो खेल्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भएको हो । मलेसियाका लागि कप्तान अहमद फाइजले ७६, भिरन्दिप सिंहले ४६, खिजार हायतले २२ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट गुल्सन झाले एक विकेट लिन सफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द