2026-09-21 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप: मलेसियाविरुद्ध कप्तान रोहित ४२ रनमा आउट

वैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा २३६ रनको लक्ष्य पाएको नेपालले मलेसियाविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

खराब सुरुवात गरेको नेपालले २१.५ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । कप्तान रोहितले ४३ बलमा पाँच चौकाको मद्दतमा ४२ रन बनाए । रोहित भिरन्दिप सिंहको बलमा आउट भए ।

अहिले क्रिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्की र पाँचौँ नम्बरमा आएका कुशल मल्ल छन् । 

यसअघि निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मलेसियाले २३५ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक चुनौती पाएको हो । टीयू क्रिकेट मैदानमा उद्घाटन खेलमा मलेसियाले राम्रो खेल्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भएको हो । मलेसियाका लागि कप्तान अहमद फाइजले ७६, भिरन्दिप सिंहले ४६, खिजार हायतले २२ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट गुल्सन झाले एक विकेट लिन सफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी