2026-09-21 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप: यूएईले कुवेतलाई दियो ३७२ रनको विशाल लक्ष्य

बैशाख ६, काठमाडौँ | भृत्य अर्विन्द र रोहन मुस्तफाको शतकमा यूएईले जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह बीको खेलमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७१ रनको योगफल तयार पारेको छ ।

यूएईले ४.४ ओभरमा तीन विकेट गुमाउँदै राम्रो सुरुआत गर्न सकेको थिएन । तर, तेस्रो नम्बरमा क्रिजमा आएका भृत्य अर्विन्द र रोहन मुस्तफाले शतकीय पारी खेल्दै यूएईको बिशाल योगफल खडा गरे ।

भृत्य १ सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १ सय ८५ रन बनाएर पभेलियन फर्किए । रोहन मुस्तफाले १ सय २५ बलको सामना गर्दै १० चौका र ४ छक्काको मद्दतमा १ सय १८ रनको इनिङ खेले ।

आसिफ खान ९ बलमा २ चौका र तीन छक्काको मद्दतमा ३० रन बनाएर आउट भए । कुवेतको बलिङमा साहरुख उड्डुसले ८ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिए ।

प्रभिन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिँदा सायद मोनिबले ८ ओभरमा ९० रन खर्चिएर एक विकेट लिए । यासिन पटेलले १० ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएर एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी