2026-09-21 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदीमाथि मलेसियाको सहज जित

बैशाख ७, काठमाडौँ | मलेसियाले एसिसी प्रिमियर कपमा पहिलो जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा साउदी अरेवियामाथि मलेसियाले ८ विकेटको जित निकालेको हो । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा साउदीले जितका लागि दिएको १५४ रनको सामान्य लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाका लागि ओपनर मोहम्मद आमिरले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । साथै विरनदीप सिंह ५१ रन जोड्नुका साथै सायद अजिज ३४ रनमा अविजित रहे । 

बलिङतर्फ साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६।२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । साउदीका लागि विकेटकिपर हसिब गाफुरले सर्वाधिक ४० रन बनाए । साथै ओपनर अब्दुल वाहिदले ३६ रन तथा कप्तान मोहम्मद हसन शेखले २१ रन बनाउनु बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ मलेसियाका खिजार हायतले ३ विकेट लिएका थिए भने विरनदीप सिंह, मोहम्मद वाफिक र रिजवान हैदर समान २/२ विकेट लिए  । 

जितसँगै मलेसियाले अंक तालिकामा खाता खोलेको छ । मलेसिया पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको थियो । एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी