2026-09-21 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा ओमानसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत

वैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातमा खराब पर्दर्शन गरेपनि नेपालले क्रमश खेलमा सुधार गर्दै फराकिलो स्कोर बनाउन सफल भयो ।

ओडिआईमा ३१० रन बनाएको नेपालको लागि यो कीर्तिमानी स्कोर हो । खेलमा युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीले अर्धशतक प्रहार गर्दा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कुशल मल्लले १०८ रन र सोमपाल कामीले अविजित ६३ रन बनाए ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८ औ बलको सामना गरेपछि मात्र रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल बिना रन आउट हुँदा नेपाल सुरुवातमै कमजोर बनेको थियो । 

तेस्रो ओभरमा कुशल भुर्तेल बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।

त्यसपछि आएका भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी खेले ।

यस क्रममा रोहितले ३४ बलमा २३ रन बनाए भने त्यसपछि भिम २० औं ओभरमा ३३ रन बनाएर आउट भए । 

त्यसपछि आरिफ शेख र कुशल मल्लले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । यस क्रममा आरिफले २९ रन बनाए भने कुशलले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।

सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।

खेलमा ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी