2026-11-02 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुशल मल्लले एकै इनिङमा बनाए छिटो शतक बनाउने सहित चार राष्ट्रिय कीर्तिमान

वैशाख ८, काठमाडौँ । नेपालका बाँया हाते ब्याटर कुशल मल्लले जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्ध किर्तिमानी शतक प्रहार गरे ।

२०.३ ओभरमा ७२ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । पाचौं विकेटका रुपमा क्रिजमा प्रवेश गरेका कुशलले हार्ड हिटिङको नमूना देखाए । उनलाई २२१ रनको स्थितिमा पुर्याएर व्यक्तिगत १०८ रन बनाउँदै आउट भएका थिए ।

ओमानविरुद्ध शतक प्रहार गर्दा कुशलले एकै इनिङमा चार राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडी बने । यसअघि सर्वाधिक छिटो एक दिवसीय सतकको कीर्तिमान नेपालका कप्तान रोहितकुमार पौडेलको नाममा थियो ।

पौडेलले विश्वकप लिग २ अन्तरगत पपुवा न्यूगिनीविरुद्ध ९१ बलमा सतक प्रहार गरेर बनाएको रेकर्ड मल्लले भत्काएका हुन् । रोहितले भन्दा ३२ कम बल खेलेर कुशलले शतक बनाए ।

कुशलले आजकै इनिङमा बनाएको अर्को रेकर्ड हो सर्वाधिक छक्काको । उनले ५९ औं बलमा विशाल छक्का प्रहार गर्दै १०० रनको माइलस्टोन छोएका थिए । खेलमा यो उनको नवौं छक्का थियो । शतक बनाइसकेर पनि उनले थप एउटा छक्का हान्न भ्याए । यसरी कुशलले खेलमा कुल ६४ बल सामना गर्दै १० छक्का प्रहार गरेका छन् ।

समग्र एकदिवसीयमा सर्वाधिक छक्का हान्ने किर्तिमान पनि कुशलले आजको म्याचबाट आफ्नो नाममा बनाउन सफल भए । नेपालका लागि ओडीआईमा सर्वाधिक छक्काको कीर्तिमान रोहितकुमार पौडेलको नाममा थियो । उनले अहिलेसम्म ४५ एकदिवसीयमा २३ छक्का हानेका छन् । तर, आजको म्याचबाट कुशलको ओडीआइ छक्काको संख्या २८ पुगेको छ । कुशलले केवल २१ एकदिवसीय म्याचमा रोहितको रेकर्ड तोडेका हुन् ।

कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् । उनी अहिले १९ वर्षका भए । नेपालका लागि शतक हान्ने अरु पाँचै जना खेलाडी कुशलभन्दा जेठा हुन् । कुशलले चार वर्षअघि एक दिवसीयमा अर्धसतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्वकीर्तिमान समेत राखेका थिए । त्यसबेला उनको उमेर १५ वर्ष थियो ।

सबैभन्दा कम उमेरमा ओडीआई शतक हान्ने विश्वरेकर्ड चाहीँ पाकिस्तानका साहिद अफ्रिदीको नाममा छ । उनले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका थिए ।

यस्तै, कुशलले नेपालका लागि सबैभन्दा तल्लो क्रममा आएर शतक हान्ने अर्को कीर्तिमान राखेका छन् । उनले आज छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । यसअघि शतक बनाउने ब्याट्सम्यानहरुमध्ये कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा ब्याटिङ गरेका थिए । यस्तै पूर्वकप्तान पारस खड्काले पनि यूएईविरुद्ध ओपनिङमै आएर शतक हानेका हुन् ।

दिपेन्द्र सिंह ऐरीले चौंथो तथा रोहितकुमार पौडेलले पाचौं नम्बरमा शतक बनाएका थिए । उनीहरु दुवैले पपुवा न्यूगिनीविरुद्ध हानेको शतक भने खेर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द